world cup 2014 schedule in nepali times and excel sheet


FIFA 2014 World Cup is the 20th edition of FIFA World Cup.  FIFA 2014 World Cup is starting on the 12th June 2014 and ends on 13th July 2014. According to Nepali calendar, it starts from the date of 2071 Jestha 29 and ends with 2071 Asar 29. Here is the FIFA World Cup 2014 Schedule in Nepali Time or in Nepali Standard Time (NST) that is +5:45 GMT. There are 32 participating nations in this biggest soccer event, FIFA 2014 World Cup. All the game matches FIFA 2014 World Cup are scheduled between 12th June 2014 and 13th July 2014. According to Nepali calendar match schedule are from 2071 Jestha 29 to Asar 29  in 32 days. Watch here FIFA World Cup 2014 Schedule in Nepali Time. More detail are available in official website of FIFA.
There are thousands of blogs and sites which are showing the game schedule FIFA World Cup 2014 but all are in Brazil local time. We found that many Nepalese people are searching the schedule in Nepali Standard Time. And we are written FIFA World Cup 2014 Schedule in Nepali Time or in Nepali Standard Time. Match schedule for first round, round of sixteen, quarter final, semi final and final are here in Nepali Standard Time. We have written here all the matchs of FIFA World Cup 2014 Schedule in Nepali Time.
FIFA 2014 World Cup group stage matches, the first round of the cup, will play in league format. All teams of FIFA World Cup 2014 are categorized into eight groups. There are four teams in each group and each team will play against other threes in their group.
FIFA World Cup 2014 round of sixteen matches was scheduled between 28th June 2014 and 1st July 2014. The final match of FIFA World cup 2014 is scheduled on 14th July 2014 at 12:45 AM in Nepal Standard Time.
There are many sites listed FIFA world cup 2014 match schedule, written in Brazil Local Time, that is -3:00 GMT. Nepali Standard Time is +5:45 GMT and complete match schedule listed here is in Nepali Standard Time. Some matches will show one day later than listed in other websites, because in Nepali Standard Time, those matches are after 12:00 am (Midnight).
असार ५ गते बिहान १ बजे भन्नाले असार ४ गतेकै रातीको १ बजे भन्ने बुझिन्छ ।













Rampur Municipality ( Rampur Palpa)

Rampur Palpa



Rampur Municipality 









१ सय २० किमि दूरी कम(rampur palpa)

उत्तर-दक्षिण जोड्न कालीगण्डकी नदीमा दोस्रो पक्की पुल निर्माण अन्तिम चरणमा छ । जसले, स्याङ्जाको साँखर र पाल्पाको दर्छा जोड्छ । । डेक राख्न र फिनिसिङ्को काम मात्र बाँकी रहेको पुल वैशाखभित्र उद्घाटन गर्ने योजना रहेको डिभिजन सडक कार्यालयले जनाएको छ । उक्त पुलका कारण तानसेन, बुटवल हुँदै पोखरा पुग्न ७० र काठमाडौं १ सय २० किमि दूरी कम हुनेछ । पोखरा, तनहुँ र पाल्पा हुँदै नवलपरासीस्थित पूर्वपश्चिम राजमार्ग जोड्न उक्त पुलले सहज बनाउने छ । 'लामो समयको सपना बल्ल पूरा भएको छ,' पाल्पा दर्छाका डोलराज पाठकले भने । अहिले पाल्पाबाट काठमाडौं पुग्न ३ सय ७० किमि दूरी पर्छ । पुल बनेपछि २ सय ३५ किमिमै पुगिनेछ । हाल १ सय ५० रुपैयाँ भाडा लाग्छ । दूरी छोट्टएिपछि ७ सय ५० मात्र तिरे पुग्छ । पाल्पाको पूर्वी, तनहुँको पश्चिम-दक्षिण भेग, नवलपरासीको उत्तरी पहाडी गाविस र स्याङ्जाको पूर्वका बासिन्दा यसबाट लाभान्वित हुनेछन् । ६ वर्षअघि निर्माण सुरु भएर ४ दशमलव २५ मिटर चौडाइ र १ सय ६६ मिटर लम्बाइको पुल निर्माण अन्तिम चरणमा पुगेको हो । डिभिजन सडक कार्यालय प्रमुख कर्णबहादुर रानाभाटका अनुसार यसका कारण पाल्पा, स्याङ्जा, तनहुँ र नवलपरासीका करिब १० लाख बासिन्दा प्रत्यक्ष लाभान्वित हुन्छन् भने नारायणगढ र पोखरा पुग्न सहज हुनेछ ।
यस क्षेत्रमा उत्पादित तरकारी, फलफूल र जडीबुटीलाई बजार पुर्‍याउन सहज हुने भएको छ । पुल निर्माणपछि तनहुँ खैरेनीटारदेखि भिमाद हुँदै केलादीघाट हुँदै रामपुरसम्म सोझो यात्रा हुनेछ । पाल्पा रामपुरबाट मित्याल हुँदै अरुणखोला र नवलपरासी कावासोती, रजहर, दलदले, गैंडाकोट निस्किने सडकको ट्रयाक खुलिसकेकाले तराई जोड्ने अर्को मार्गसमेत बन्नेछ । रामपुरका कृष्णकुमार अर्यालले तानसेन भएर बुटवल, पोखरा, काठमाडौं, नारायणघाट जानुपर्ने बाध्यता हट्ने बताए । अर्का मित्र "दीपक के सी "" भन्नुहुन्छ --अहिले मोटरसाइकल हरु हामीले झोलुंगे पुलदेखि जाने र आउने गरेका छौ पुल बेस्सरी हल्लिन्छ त्यो पुल तयार भएसी त धेरै मजा आउने तथा पोखरा ,काठमान्डू जानको लागि एकदम सजिलो पर्ने बताउनु हुन्छ 'रामपुरबाट सीधै काठमाडौं र पोखरा बस सेवा सञ्चालन गर्न सकिनेछ,' उनले भने, 'घुमेर जानु पर्दैन, यात्रा छोटो र सहज हुन्छ ।' तानसेन पुगेर पोखरा, काठमाडांै र तराई जाने समय बचत हुने उनले बताए । यात्रा चार घन्टा छिटो हुनेछ । उक्त पुललाई मध्यनजर गर्दै रामपुरका बासिन्दाले यातायात व्यवसायी समितिसमेत गठन गरिसकेका छन् । १ सय २० बाट ६५ किमिमात्र पुलका कारण तनहुँ र कास्कीका बासिन्दालाई नवलपरासीको दलदले निस्किन करिब ५५ किमि छोटो पर्छ । तनहुँ खैरेनीटारबाट मुग्लिन, नारायणघाट र दलदले पुग्न करिब १ सय २० किमियात्रा तय गर्नुपर्नेमा करिब ६५ किमिमै पुगिन्छ । पोखरा आउने पर्यटकलाई समेत दलदले हुँदै लुम्बिनी पुग्न १ सय २० किमि छोटो हुनेछ । 'ग्रामीण क्षेत्रका अदुवा र सुन्तला दलदले पुर्‍याउन सजिलो हुनेछ,' पुल नजिकको गजरकोट केलादीघाटका ५२ वषर्ीय राजन पोखरेलले भने, 'सडक विस्तारलाई प्राथमिकता दिए पर्यटक र कृषकलाई धेरै फाइदा हुनेछ ।' उक्त क्षेत्रको अदुवा र बेसारको मुख्य व्यापारिक स्थल दलदले भएकाले आफूहरूलाई सहज हुने उनले बताए । उद्योग वाणिज्य संघ खैरेनीटार बजार एकाइका पूर्वअध्यक्ष समुन्द्रराम श्रेष्ठका अनुसार नारायणघाट-मुग्लिन सडकमा सवारी भारसमेत कम हुनेछ । स्याङ्जाको साखरबाट भिमाद हुँदै पोखरा र काठमाडौंका लागि १० वर्षदेखि यातायात सञ्चालन भइरहेको छ । हालसम्म स्याङ्जाका साँखर , चापाकोट, रत्नपुरलगायत आधा दर्जन गाविसका बासिन्दाले चापाकोट, गल्याङ हुँदै बुटवल र नारायणगढ पुग्नुपर्ने बाध्यता थियो । 'अब त रामपुर हुँदै छोटो बाटो बुटवल जान पाइने भयो,' साँखरका प्रमोद पोखरेलले भन्नुहुन्छ , 'पुलले पाल्पा,नवलपरासी र तनहुँसँग व्यापारिक सम्बन्ध पनि जोडिने छ ।' हालसम्म सिद्धार्थ राजमार्गबाट गल्याङ बजारमा पुर्‍याएर बुटवलका लागि तरकारी र फलफूल निकासी हुँदै आएको थियो । अब रामपुर हुँदै बुटवल लान सहज हुने छ । 'हामीलाई यस पुलले आशावादी बनाएको छ,' साँखरका कृषक कमल अधिकारीले भने । साँखरबाट गल्याङ हुँदै बुटवल पुग्न ६/७ घन्टा लाग्नेमा रामपुर आर्यभञ्ज्याङ हुँदै ४ घन्टामा पुग्न सकिनेछ ।

Rampur Municipality



सरकारले विभिन्न जिल्लाका सदरमुकाम र नगरोन्मुख गाविसलाई जोडेर ७२ वटा नयाँ नगरपालिका घोषणा गरेको छ । हाल ५८ नगरपालिका रहेकामा सरकारले नयाँ ७२ वटा थपेर १ सय ३० वटा पुर्‍याएको छ । २०६८ को बजेट वक्तव्यमा घोषणा भए पनि कार्यान्वयन हुन नसकिएका ४१ नगरपालिकासमेत ७२ वटामै समेटिएका छन् ।


मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले स्थानीय विकास मन्त्रालयको थप ७२ वटा नगरपालिका गठन र सञ्चालन गर्ने प्रस्ताव स्वीकृत गरेको जानकारी सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री डा मिनेन्द्र रिजालले दिए ।


नयाँ घोषणासँगै मुलुकमा नगरपालिका भएका जिल्लाको संख्या ६२ वटा पुगेको छ । यसअघि ४३ जिल्लामा मात्र नगरपालिका थिए । अब नगरपालिका नभएका जिल्ला १३ वटामात्र बाँकी छन् । २ सय ८३ वटा गाविसलाई जोडेर नयाँ ७२ वटा नगरपालिका बनाइएको हो । अब मुलुकमा गाविसको संख्या घटेर ३ हजार ६ सय ३३ पुगेका छन् ।


सरकारले जनसंख्या १० हजारभन्दा बढी भएका, बिजुली, सडक, खानेपानी र सञ्चार सुविधा पुगेका क्षेत्रलाई नगरपालिका घोषणा गरेको हो । थप ७२ वटा नगरपालिकाले मुलुकको ७.०८ प्रतिशत भूभाग ओगटेका छन् भने तिनमा कुल जनसंख्याको २५.५६ प्रतिशतको बसोबास छ । नयाँ नगर घोषणासँगै १ सय ३० नगरपालिकामा बस्ने जनसंख्या १ करोड १२ लाखभन्दा बढी छ ।


नयाँ नगरपालिका घोषित भएकामा १९ वटा जिल्ला सदरमुकाम छन्, जसमा वरपरका गाविसलाई समेत जोडिएको छ । सदरमुकाम र वरपरका गाविस जोडेर नगरपालिका बनाइएकामा ताप्लेजुङको ताप्लेजुङ, पाँचथरको फिदिम, तेह्रथुमको म्याङ्लुङ, भोजपुरको भोजपुर, खोटाङको दिक्तेल, सिन्धुपाल्चोकको चौतारा, धादिङको नीलकण्ठ, पर्वतको कुस्मा, गुल्मीको रेसुङ्गा, अर्घाखाँचीको सन्धिखर्क, सल्यानको शारदा, अछामको मंगलसेन, लमजुङको बेंसीसहर, बझाङको जयपृथ्वी, जुम्लाको चन्दननाथ, प्युठानको प्युठान, संखुवासभाको चैनपुर, ओखलढुंगाको सिद्धिचरण, म्याग्दीको बेनी र दार्चुलाको अपी छन् । हाल विद्यमान नगरपालिकामा थप ३ गाविस गाभ्ने प्रस्ताव भने कार्यान्वयन हुन सकेको छैन ।


सबभन्दा बढी नगरपालिका नवलपरासी, मोरङ र झापामा थपिएका छन् । नवलपरासीमा ७, मोरङमा ६ र झापामा तीनवटा थपिएका छन् । नवलपरासीमा सुनवल, कावासोती, देवचुली, बर्दघाट, सैनामैना र लुम्बिनी सांस्कृतिक र गैंडाकोट तथा मोरङमा बेलवारी, पथरी-शनिश्चरे, कोसी-हरैचा र रंगेली र झापामा बिर्तामोड, शनि-अर्जुन र कन्काई छन् ।


उदयपुरको कटारी र बेल्टार-बसाहा, सप्तरीको शम्भुनाथ, सर्लाहीको हरिवन, रौतटहको चन्द्रपुर (चन्द्रनिगाहापुर), बाराको गढीमाई, काभ्रेको पाँचखाल, तनहुँको शुक्लगण्डकी (दुलेगौंडा, खैरेनीटार), र बन्दीपुर, बाँकेको कोहलपुर, अछामको साँफेबगर, सप्तरीको कञ्चन रूप, सिराहाको मिर्चैया, धनुषाको धनुषाधाम र छिरेश्वरनाथ, महोत्तरीको गौशाला, बर्दियाको राजापुर, इलामको सूर्योदय, सुनसरीको दुहवी-भलुवा, सर्लाहीको लालबन्दी र ईश्वरपुर, मकवानपुरको थाहा (पालुङ, दामन र बज्रबाराही गाविस), बाराको निजगढ, चितवनको खैरहनी र चित्रवन, स्याङ्जाको चापाकोट, पाल्पाको रामपुर, रूपन्देहीको देवदह र तिलोत्तमा, कपिलवस्तुको कृष्णनगर, शिवराज, दैलेखको दुल्लु र कञ्चनपुरको बेलौरीलाई नगरपालिका घोषणा गरिएको छ ।


उपत्यकामा चार नगर थपिने


सीमा विवादका कारण्ा ४ वटा उपत्यकाका प्रस्तावित नगरपालिका घोषण्ाा हुन सकेनन् । रामेछापको मन्थली, काठमाडौंको शंखरापुर, ललितपुरको कार्यविनायक र चम्पापुर नगरपालिकाको विवाद निरुपण्ा गरी अन्य पूर्वाधार पुगेका गाविसको नगरपालिका गठनका लागि सरकारले प्राध्यापक केशवानन्द गिरीको संयोजकत्वमा नगर क्षेत्र निर्धारण्ा तथा सिफारिस समिति गठन गरेको छ ।


समितिमा मन्त्रालयको नगरपालिका महाशाखा हेर्ने सहसचिव, शहरी विकास मन्त्रालयका सहसचिव, नापी विभागका उपमहानिर्देशक, नगरपालिका संघका अध्यष तथा मन्त्रालयको नगरपालिका शाखाका उपसचिव सदस्य सचिव छ । समितिलाई एक महिनाको समयसीमा तोकिएको छ ।


२०५९ मा सूर्यमान अमात्य संयोजकत्वको नगरक्षेत्र निर्धारण समितिले बुझाएको प्रतिवेदनलाई आधार मानेर सरकारले २०६८ को बजेट वक्तव्यमा ४१ नगरपालिका घोषणा गरेको थियो । तर स्थानिय विवादका कारण ती नगरपालिका कार्यान्वयन हुन सकेका थिएनन् । थप नगरपालिका घोषणाका लागि २०६८ मा प्राध्यापक पद्मचन्द्र पौडेलको संयोजकत्वमा गठित समितिले गत वर्ष प्रतिवेदन बुझाएको थियो । त्यही प्रतिवेदनका आधारमा मन्त्रिपरिषदले स्विकृत गरेपछि विहीवार नया नगरपालिका घोषणा भएका हुन् ।


उपत्यकामा भने नयाँ नगरपालिका घोषणा हुन सकेन । गत वर्ष गठित प्राध्यापक पौडेल संयोजकत्वको नगर निर्धारण समितिले उपत्यकाका गाविसहरूको विवाद टुंग्याउन नसकेकाका कारण २०५९ मा सिफारिस भएका नगरपालिका पनि कार्यान्वयन हुन सकेनन् ।


सूर्यमान अमात्य संयोजकत्वले नगरक्षेत्र निर्धारण समितीले २०५९ मै ललितपुरको कार्यविनायक र चम्पापुर तथा काठमाडौंको शंखरापुरलाई नगरापलिका घोषणा गर्न सिफारिस गरेको थियो । अमात्य संयोजकत्वको प्रतिवेदनलाई आधार मानी ९ वर्षपछि गत २०६८ मा बजेट वक्तव्यमा सरकारले थप ४१ वटा नगरपालिका घोषणा गरेको थियो । विवादका कारण रामेछाप समेत गरेर चारवटा प्रस्तावित नगरपालिका कार्यान्वयनमा आएनन् ।


स्थानीय विकास मन्त्रालयका प्रवक्ता दिनेश थपलियाले नयाँ समितिले गरेको सिफारिसका आधारमा उपत्यकासहित अन्य जिल्लाका गाविसलाई नगरपालिका बनाइने जानकारी दिए । 'नगरपालिकाको मापदण्डमा पुगे पनि घोषणा हुन नसकेका गाविसहरूलाई दृष्टिगत गरी सिफारिस समिति गठन गरिएको हो' उनले भने ।






- See more at: http://www.ekantipur.com/np/2071/1/25/full-story/388826.html#sthash.pdPLm0ub.dpuf