१ सय २० किमि दूरी कम(rampur palpa)

उत्तर-दक्षिण जोड्न कालीगण्डकी नदीमा दोस्रो पक्की पुल निर्माण अन्तिम चरणमा छ । जसले, स्याङ्जाको साँखर र पाल्पाको दर्छा जोड्छ । । डेक राख्न र फिनिसिङ्को काम मात्र बाँकी रहेको पुल वैशाखभित्र उद्घाटन गर्ने योजना रहेको डिभिजन सडक कार्यालयले जनाएको छ । उक्त पुलका कारण तानसेन, बुटवल हुँदै पोखरा पुग्न ७० र काठमाडौं १ सय २० किमि दूरी कम हुनेछ । पोखरा, तनहुँ र पाल्पा हुँदै नवलपरासीस्थित पूर्वपश्चिम राजमार्ग जोड्न उक्त पुलले सहज बनाउने छ । 'लामो समयको सपना बल्ल पूरा भएको छ,' पाल्पा दर्छाका डोलराज पाठकले भने । अहिले पाल्पाबाट काठमाडौं पुग्न ३ सय ७० किमि दूरी पर्छ । पुल बनेपछि २ सय ३५ किमिमै पुगिनेछ । हाल १ सय ५० रुपैयाँ भाडा लाग्छ । दूरी छोट्टएिपछि ७ सय ५० मात्र तिरे पुग्छ । पाल्पाको पूर्वी, तनहुँको पश्चिम-दक्षिण भेग, नवलपरासीको उत्तरी पहाडी गाविस र स्याङ्जाको पूर्वका बासिन्दा यसबाट लाभान्वित हुनेछन् । ६ वर्षअघि निर्माण सुरु भएर ४ दशमलव २५ मिटर चौडाइ र १ सय ६६ मिटर लम्बाइको पुल निर्माण अन्तिम चरणमा पुगेको हो । डिभिजन सडक कार्यालय प्रमुख कर्णबहादुर रानाभाटका अनुसार यसका कारण पाल्पा, स्याङ्जा, तनहुँ र नवलपरासीका करिब १० लाख बासिन्दा प्रत्यक्ष लाभान्वित हुन्छन् भने नारायणगढ र पोखरा पुग्न सहज हुनेछ ।
यस क्षेत्रमा उत्पादित तरकारी, फलफूल र जडीबुटीलाई बजार पुर्‍याउन सहज हुने भएको छ । पुल निर्माणपछि तनहुँ खैरेनीटारदेखि भिमाद हुँदै केलादीघाट हुँदै रामपुरसम्म सोझो यात्रा हुनेछ । पाल्पा रामपुरबाट मित्याल हुँदै अरुणखोला र नवलपरासी कावासोती, रजहर, दलदले, गैंडाकोट निस्किने सडकको ट्रयाक खुलिसकेकाले तराई जोड्ने अर्को मार्गसमेत बन्नेछ । रामपुरका कृष्णकुमार अर्यालले तानसेन भएर बुटवल, पोखरा, काठमाडौं, नारायणघाट जानुपर्ने बाध्यता हट्ने बताए । अर्का मित्र "दीपक के सी "" भन्नुहुन्छ --अहिले मोटरसाइकल हरु हामीले झोलुंगे पुलदेखि जाने र आउने गरेका छौ पुल बेस्सरी हल्लिन्छ त्यो पुल तयार भएसी त धेरै मजा आउने तथा पोखरा ,काठमान्डू जानको लागि एकदम सजिलो पर्ने बताउनु हुन्छ 'रामपुरबाट सीधै काठमाडौं र पोखरा बस सेवा सञ्चालन गर्न सकिनेछ,' उनले भने, 'घुमेर जानु पर्दैन, यात्रा छोटो र सहज हुन्छ ।' तानसेन पुगेर पोखरा, काठमाडांै र तराई जाने समय बचत हुने उनले बताए । यात्रा चार घन्टा छिटो हुनेछ । उक्त पुललाई मध्यनजर गर्दै रामपुरका बासिन्दाले यातायात व्यवसायी समितिसमेत गठन गरिसकेका छन् । १ सय २० बाट ६५ किमिमात्र पुलका कारण तनहुँ र कास्कीका बासिन्दालाई नवलपरासीको दलदले निस्किन करिब ५५ किमि छोटो पर्छ । तनहुँ खैरेनीटारबाट मुग्लिन, नारायणघाट र दलदले पुग्न करिब १ सय २० किमियात्रा तय गर्नुपर्नेमा करिब ६५ किमिमै पुगिन्छ । पोखरा आउने पर्यटकलाई समेत दलदले हुँदै लुम्बिनी पुग्न १ सय २० किमि छोटो हुनेछ । 'ग्रामीण क्षेत्रका अदुवा र सुन्तला दलदले पुर्‍याउन सजिलो हुनेछ,' पुल नजिकको गजरकोट केलादीघाटका ५२ वषर्ीय राजन पोखरेलले भने, 'सडक विस्तारलाई प्राथमिकता दिए पर्यटक र कृषकलाई धेरै फाइदा हुनेछ ।' उक्त क्षेत्रको अदुवा र बेसारको मुख्य व्यापारिक स्थल दलदले भएकाले आफूहरूलाई सहज हुने उनले बताए । उद्योग वाणिज्य संघ खैरेनीटार बजार एकाइका पूर्वअध्यक्ष समुन्द्रराम श्रेष्ठका अनुसार नारायणघाट-मुग्लिन सडकमा सवारी भारसमेत कम हुनेछ । स्याङ्जाको साखरबाट भिमाद हुँदै पोखरा र काठमाडौंका लागि १० वर्षदेखि यातायात सञ्चालन भइरहेको छ । हालसम्म स्याङ्जाका साँखर , चापाकोट, रत्नपुरलगायत आधा दर्जन गाविसका बासिन्दाले चापाकोट, गल्याङ हुँदै बुटवल र नारायणगढ पुग्नुपर्ने बाध्यता थियो । 'अब त रामपुर हुँदै छोटो बाटो बुटवल जान पाइने भयो,' साँखरका प्रमोद पोखरेलले भन्नुहुन्छ , 'पुलले पाल्पा,नवलपरासी र तनहुँसँग व्यापारिक सम्बन्ध पनि जोडिने छ ।' हालसम्म सिद्धार्थ राजमार्गबाट गल्याङ बजारमा पुर्‍याएर बुटवलका लागि तरकारी र फलफूल निकासी हुँदै आएको थियो । अब रामपुर हुँदै बुटवल लान सहज हुने छ । 'हामीलाई यस पुलले आशावादी बनाएको छ,' साँखरका कृषक कमल अधिकारीले भने । साँखरबाट गल्याङ हुँदै बुटवल पुग्न ६/७ घन्टा लाग्नेमा रामपुर आर्यभञ्ज्याङ हुँदै ४ घन्टामा पुग्न सकिनेछ ।

No comments:

Post a Comment